गृहपृष्ठ दुई बैंकको संस्थापक सेयर बिक्रीमा
दुई बैंकको संस्थापक सेयर बिक्रीमा
दुईवटा बैंकले आफ्नो संस्थापक समूहको सेयर बिक्रीमा राखेका छन्। हिमालयन बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडले सेयर बिक्रीमा राखेका हुन।
हिमालय बैंकले ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। ५ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको यो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।
त्यस्तै,गरिमा विकास बैंकले पनि ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको यो सेयर हाल बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन्। यी सेयरहरू खरिदका लागि संस्थापक सेयरधनीलाई ३५ दिन र सर्वसाधारणलाई १५ दिनको समयावधि तोकिएको छ।
प्रकाशित समय : ११:४० बजे



















