global ime bank Long Banner Ad

गृहपृष्ठ असद सरकारमा यातना दिने अधिकारीहरूलाई कारबाही गर्ने विद्रोहीहरूको घोषणा

असद सरकारमा यातना दिने अधिकारीहरूलाई कारबाही गर्ने विद्रोहीहरूको घोषणा

असद सरकारमा यातना दिने अधिकारीहरूलाई कारबाही गर्ने विद्रोहीहरूको घोषणा

सिरियाली विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) ले बशर अल-असदको शासनकालमा यातना दिने अधिकारीहरूलाई सजाय दिइने घोषणा गरेको छ। एचटीएसले यस्ता अधिकारीहरूको जानकारी दिनेलाई पुरस्कार दिने बताएको हो।

एचटीएस नेता अबु मोहम्मद अल जुलानीले अत्याचार गर्ने अधिकारीहरूको नाम सार्वजनिक गर्ने र अन्य देशहरूमा भागेकाहरूलाई फिर्ता ल्याउने प्रयास गर्ने बताए। यसैबिच, विद्रोही लडाकुले अस्पतालको शवगृहमा ४० जनाको शव फेला पारेका छन् । उनीहरूको शरीरमा यातनाका निशानहरू देखिन्छन् ।

यसैबिच सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इजरायलले सिरियामा हवाई आक्रमण गरेको जनाएको छ । आइतबार, एचटीएसको नेतृत्वमा विद्रोही समूहहरूले दमास्कस कब्जा गरेका थिए। यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए ।एजेन्सी

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु