global ime bank Long Banner Ad

गृहपृष्ठ जीपी कोइराला अस्पतालमा फागुनदेखि डायलाइसिस सेवा

जीपी कोइराला अस्पतालमा फागुनदेखि डायलाइसिस सेवा

जीपी कोइराला अस्पतालमा फागुनदेखि डायलाइसिस सेवा

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौैलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ ।

डायलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनासहितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्ने भएका छन् । आगामी फागुनदेखि सेवा दिनेगरी प्रक्रिया अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।

“डायलाइसिस सेवा सुरु गर्न व्यापक माग आएको छ । हामी यो सेवा सुरु गर्न आन्तरिक रूपमा तयारी थालिसकिएको छ । सेवा सञ्चालन गर्न केन्द्रले दुई नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखेको छ, थप दुई जनालाई मङ्सिर १ गतेदेखि तालिममा पठाइएको छ”, डा. श्रेष्ठले भने ।

अस्पतालमा आवश्यक सेवा सञ्चालन गर्न केही समयअघि निरीक्षणका लागि आएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत मन्त्रालयबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएको थियो । आफ्नै कार्यकालमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मिल्नेगरी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य बीमाबाट पनि उपचार सेवा प्राप्त गर्न सक्ने भएपछि बिरामीको चाप बढेकोे यस अस्पतालबाट दैनिक तीन सय बिरामीले सेवा लिने गरेको प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताए । केन्द्रमा श्वासप्रश्वास रोगसम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, जनरल सर्जरीको विशेषज्ञ सेवा प्रदान गर्दै आएको जानकारी दिए।

प्रकाशित समय : ०५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु