global ime bank Long Banner Ad

गृहपृष्ठ टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ।यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।

नयाँ भेरिएन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीलेविश्वसनीय रसन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २,९९,९०० रहेको छजसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ ।

कम्पनीका अनुसार टिभिएस आईक्युब३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित छः पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइसअपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गतसवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।

उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, “नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।”

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि आफ्नो विचार राख्दै भने, “टिभिएसआईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ । हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं। नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।”

नयाँ टिभिएस आईक्युब२.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरकाटिभिएसका ४०वटाआधिकारिक डिलरहरूमा उपलब्ध भएको छ ।

टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टका मुख्य विशेषताहरुः
– ब्याट्री क्षमता – २.२ किलोवाट–आवर
– चार्जर – ९५० वाट
– ५ इन्चको रंगीन टिएफटी स्क्रीन
– सबैभन्दा फास्ट चार्जिङ – २ घण्टा (०–८०%)
– सवारी दुर्घटना तथा टो अलर्ट
– टर्न–बाइ–टर्न नेभिगेशन
– डिस्ट्यान्स टु एम्प्टी
– ३० लिटरको अन्डर सीट स्टोरेज
– ७५ किमी प्रतिघण्टाको टप स्पिड
– मूल्यः २,९९,९९०
– उपलब्ध कलरहरूः वालनट ब्राउन र पर्ल ह्वाइट

 

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु