global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रले निर्वाचन आयोगको ढाँचाअनुसार दलको विधान मिलाउँदै

माओवादी केन्द्रले निर्वाचन आयोगको ढाँचाअनुसार दलको विधान मिलाउँदै

माओवादी केन्द्रले निर्वाचन आयोगको ढाँचाअनुसार दलको विधान मिलाउँदै

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ढाँचाअनुसार दलको विधान मिलाउन लागेको जनाएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार पार्टीको विधान महाधिवेशनले पारित गरेको विधानलाई निर्वाचन आयोगको ढाँचा अनुसार मिलाउन लागिएको छ ।

२०८० साल फागुन ४ गते काठमाडौंमा माओवादी केन्द्रको विधान अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनले पारित गरेको विधानको मूल विषय केही पनि चलाउन नमिल्ने उल्लेख गर्दै महासचिव गुरुङले भाषागत त्रुटिहरू मिलाएर निर्वाचन आयोग पठाइने बताए ।

माओवादी केन्द्रले विधानलाई मिलाउन भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल नै गठन गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले कार्यदल गठन गरेको महासचिव गुरुङले जानकारी दिए । कार्यदलमा महासचिव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेका छन् ।

महासचिव गुरुङका अनुसार कार्यदल स्तरका काम शुरु गरिएको छ ।

 

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु