गृहपृष्ठ गगन थापाले भने-बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौँ
गगन थापाले भने-बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौँ
प्रतिनिधिसभाका सांसद गगनकुमार थापा शनिबार तारकेश्वर–४ पुरानो गुह्ेश्वरीमा परिवर्तन अभियान नेपालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा मन्तव्य राख्दै ।तस्बिरः हरिराम भेटुवाल÷रासस
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरूले चीनसँग विगतमा गरिएको सम्झौताहरू कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताएका छन् ।
महामन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आफूहरूको चाहना रहेको प्रस्ट्याएका हुन् ।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमति अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको पनि स्पष्ट पारे ।
उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न आफूहरू सक्षम रहेको पनि बताए ।
महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताएका छन् ।
प्रकाशित समय : २०:४५ बजे



















