काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

1.98K
shares

सिटिजिन्स बैंक इन्टरनेसनल र नेपाल क्लियिरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच बैंकका नेपालपे मर्चेन्टहरूका क्यूआरमा ‘अलिपे पल्स’ को नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

यो सम्झौताअन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका ‘इन्ट्रोपेरेबल क्यूआर’ को मर्चेन्टमा क्यूआर अलिपे प्लसको नेटवर्कमार्फत भूक्तानी गर्न सकिने सिटिजन्स बैंकले जनाएको छ।

चाइन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका ‘इन्ट्रोपेरेबल क्यूआर’ मा सजिलै भुक्तानी गर्न सक्नेछन्।

अलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केटअन्तर्गतका ३० भन्दा बढी इस्युइङ उपकरण, तीन सयभन्दा बढी एक्वायरिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरू आवद्ध रहेको बैंकले जनाएको छ।