global ime bank Long Banner Ad

गृहपृष्ठ रुससँग युद्ध गर्ने पक्षका युक्रेनी ह्वात्तै घटे, शान्ति वार्ताको पक्षमा ५२ प्रतिशत: अमेरिकी सर्वेक्षण

रुससँग युद्ध गर्ने पक्षका युक्रेनी ह्वात्तै घटे, शान्ति वार्ताको पक्षमा ५२ प्रतिशत: अमेरिकी सर्वेक्षण

रुससँग युद्ध गर्ने पक्षका युक्रेनी ह्वात्तै घटे, शान्ति वार्ताको पक्षमा ५२ प्रतिशत: अमेरिकी सर्वेक्षण

रुस युक्रेन युद्ध तेस्रो वर्षमा पुग्दा रुससँगको युद्ध पक्षधर युक्रेनीको सङ्ख्या घट्दै गएर बहुमत पक्षधर शान्ति पक्षमा गएको देखिएको छ ।

अमेरिकाको ग्यालप पोलले गरेको सर्वेले ५२ प्रतिशत शान्ति पक्षमा पुगेको देखाएको छ । यो सन २०२२ र २०२३ को तुलनामा व्यापक धेरै हो ।

सन २०२२ फेब्रुअरीमा रुसले युक्रेनलाई हमला गर्दा युक्रेनका ७३ प्रतिसतले युद्ध पक्षधरता देखाएका थिए । त्यो कुरा सन २०२३ मा ६३ तथा सन २०२४ मा आएर ३८ प्रतिशत पुगेको देखिएको सर्वेले जानकारी दिएको छ ।

ग्यालप पोलले युद्धबाट लखतरान भएर धेरै युक्रेनीले शान्तिपूर्ण समाधान खोजेको उल्लेख गरेको छ । अमेरिकी सर्वेबाट आएको यो नतिजालाई रुसी विश्व च्यानल आरटीले प्राथमिकता दिएर प्रकाशन गरेको छ ।

रुसी हमलापछि युक्रेनका ६ लाख हाराहारी सेना मारिएको र अरू लाखौँ घाइते भएको विभिन्न मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु