गृहपृष्ठ वुमेन अफ द वर्ल्डको सातौँ संस्करण आयोजना
वुमेन अफ द वर्ल्डको सातौँ संस्करण आयोजना
काठमाडौंको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड(वाउ), को सातौँ संस्करण आयोजना हुँदैछ ।
महिला र बालिकाहरुले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो । लैङ्गि उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ ।
यसका लागि ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा सम्मलेन आयोजना गर्न लागेको हो । यसमा नेपाली र बेलायती साझेदारी छ । यस्ता कार्यक्रमहरु सामान्यतया बन्द कोठाभित्र हुने गरेका छन् । यसलाई खुला र सबैको पहुँचमा लैजान बगैँचामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
सम्मेलन, समानता र लैङ्गिकता बारे आपसी र सिकाइ आदानप्रदान गर्ने सार्वजनिक मञ्च हो । १० हजार वढी व्यक्ति व्यक्तिहरुको सहभागिता हुने अपेक्षा गरिएको महोत्सव प्रवेश निःशुल्क हुनेछ ।
२ दिन चल्ने महोत्सवमा विहान योग बक्सिङ् हुनेछ । दिनमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरु, प्रदर्शनी, स्थानीय उत्पादन तथा खानाको विक्री, गीत, संगीत, गायन, नृत्य तथा कला प्रस्तुतिसँगै बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा अल्पसंख्यक कलाकार तथा वक्ताहरुलाई समावेशी तथा लैङ्गिक क्षेत्रमा गरेका कामका विषयमा जानकारी दिन, सोच प्रदर्शन तथा धारणा राख्नका लागि अवसर दिइनेछ ।
प्रकाशित समय : १२:३१ बजे



















