global ime bank Long Banner Ad

गृहपृष्ठ बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइएको छ । प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो ।

पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सयदिनभन्दा बढी विनाविभागीय मन्त्री भएका श्रेष्ठलेअब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् ।

यससंगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन्। यसअघि १३ मन्त्रालय थिए । यससंगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री सहित ८ र एमालेबाट ६ जान मन्त्री बनेका छन् ।

 

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु