गृहपृष्ठ झापाका ६ पालिकाले दिए भोलि बिदा

झापाका ६ पालिकाले दिए भोलि बिदा

झापाका ६ पालिकाले दिए भोलि बिदा

झापाका ६ पालिकाले भोलि स्थानीय सार्वजनिक बिदा दिएका छन्।

हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाहको अवसरमा मंगलबार जिल्लाका १५ पालिकामध्ये भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले सोमबार छुट्टाछुट्टै सूचना निकालेर बिदा दिएका हुन्।

आदिवासी तथा अन्य बहुसङ्ख्यक समुदायले हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाह ठुलो पर्वको रूपमा मनाउँदै आएका छन्। त्यसैले ती समुदायको बाहुल्यता रहेको पालिकाहरूले बिदा दिएका हुन्।

भोलि ती पालिकाहरूमा अति आवश्यकबाहेक पालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू बन्द रहने जारी गरिएको सूचनामा उल्लेख छ।

 

प्रकाशित समय : २२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु