गृहपृष्ठ इरानले इजरायली आक्रमणको प्रतिक्रिया तत्काल नदिने
इरानले इजरायली आक्रमणको प्रतिक्रिया तत्काल नदिने
इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीका सल्लाहकारले गत महिना भएको इजरायली हवाई आक्रमणको प्रतिक्रिया तुरुन्त सुरु नगर्ने बताएका छन् ।
इरानको कट्टर शत्रु मानिने इजरायल गाजा पट्टीमा इरान समर्थित हमास र लेबनानको हिजबुल्लाहसँग द्वन्द्वमा संलग्न छ ।
गत महिनाको सुरुमा इजरायलमा भएको ठूलो इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायली लडाकु विमानहरूले अक्टोबर २६ मा इरानका सैन्य स्थलहरूमा आक्रमण गरेका थिए ।
सल्लाहकार अली लारिजनीले बिहीबार इजरायलले इरानमा द्वन्द्व ल्याउने लक्ष्य राखेको भन्दै यसको जालबाट बच्न बुद्धिमानीपूर्वक कार्य गर्नुपर्ने र सहजै प्रतिक्रिया देखाउनु नहुने उल्लेख गरेका छन् ।
तेहरानमा बेरुत र हमासका नेता इस्माइल हानियाहमाथि आक्रमण गर्दा हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्याको जवाफमा अक्टोबर १ मा इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानले जनाएको छ । एएफपी
प्रकाशित समय : १७:१९ बजे


















