global ime bank Long Banner Ad

गृहपृष्ठ सर्लाहीको हरिपूर्वामा झुण्डिएको अवस्थामा युवकको शव फेला

सर्लाहीको हरिपूर्वामा झुण्डिएको अवस्थामा युवकको शव फेला

सर्लाहीको हरिपूर्वामा झुण्डिएको अवस्थामा युवकको शव फेला

सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि झुण्डिएकोअवस्थामा फेला परेको छ । युवकको हत्या गरिएको आशंका गरिएको छ ।

हरिपुर्वा ४ डुमरिया गाउँमा स्थानीय सिकिन्द्र रायको छोरा अन्दाजी १९ बर्षको धिरज रायको हाथ खुट्टा बाँधिएको तथा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेका हुन् । पीडित परिवारले कसैले धीरजको हत्या गरेर रुखमा झुण्ड्याएको हुनसक्ने दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दीपक श्रेष्ठले घटनाको पुष्टी गरेका छन् । प्रवक्ता श्रेष्ठले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको कमाण्डमा बिशेषज्ञको टोली घटनास्थल गएको जानकारी दिएका छन् ।

 

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु