गृहपृष्ठ स्टार स्पोर्ट्समा एनपीएलको प्रत्यक्ष प्रसारण गराउने तयारिमा
स्टार स्पोर्ट्समा एनपीएलको प्रत्यक्ष प्रसारण गराउने तयारिमा
नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको छ ।
एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको र अन्तिम चरणको कुराकानी भइरहेको क्यान स्रोतले जनाएको छ ।
ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले पनि नेपाल प्रिमियर लिगको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित समय : १४:१५ बजे



















