global ime bank Long Banner Ad

गृहपृष्ठ राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको आज राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले जानकारी दिए।

कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ मा, झरना पत्थरगढवास्थित मार्टिन एकेडेमीमा कक्षा ४ मा तथा निशा सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु