global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्दै

जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्दै

जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसअघि प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् । आजै काठमाडौंबाट नेपालगञ्जहुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको छ ।

 

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु