global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेशमा सन् २०२५ मा आम निर्वाचन हुन सक्ने सरकारी अधिकारीको अनुमान

बंगलादेशमा सन् २०२५ मा आम निर्वाचन हुन सक्ने सरकारी अधिकारीको अनुमान

बंगलादेशमा सन् २०२५ मा आम निर्वाचन हुन सक्ने सरकारी अधिकारीको अनुमान

बंगलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् ।

अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भनेका छन्, अर्को वर्ष निर्वाचन सम्भव होला, तर यसमा धेरै कुरा छन् । सुधार र राजनीतिक सम्झौताले चुनावी वातावरण बनाउँछ । चुनाव गर्नका लागि निर्वाचन आयोग गठन, मतदाता नामावली तयार गर्नेलगायतका काम पनि आवश्यक छ आदि हुन् । यदि यी कुराहरू पूरा गर्न सकियो भने अर्को वर्ष चुनाव हुन सक्छ।

यो मेरो प्रारम्भिक अनुमान पनि हो विज्ञप्तिमा भनिएको छ। उनले भने, निर्वाचन महत्वपूर्ण नीतिगत निर्णय हो । यसको समय सरकारका प्रमुख सल्लाहकारको नेतृत्वमा तोकिनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सल्लाहकार (मन्त्री) डा. आसिफ नजरुलले भन्नुभयो, यो घोषणा गर्ने अधिकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र यसको सल्लाहाकारका हैसियतमा मेरो पनि हो।

नेतृ शेख हसिनाले गत अगष्ट ५ मा प्रधानमन्त्रीको पदबाट राजिनामा दिएपछि बंगलादेशमा राजनीतिक परिस्थिति तरल बनेको छ । गत अगस्ट ५ मा बंगलादेशबाट सैनिक विमानबाट भारत आएकी पूर्व प्रधानमन्त्री हसिना हाल भारतमा बस्दै आएकी छन् ।

सरकारी जागिरका लागि कोटा प्रणाली अन्त्यको माग गर्दै विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा तत्कालिन सरकारको दमनसँगै फैलिएको सरकार विरोधी प्रदर्शनले हसिनालाई देश नै छोडी विदेशमा शरण लिन बाध्य बनाएको छ ।

राजिनामा आएको सैनिक प्रमुखले घोषणा गरे  त्यसपछि अन्तरिम सरकारको स्थापना भएको थियो। यस उथलपुथलको समयमा विशेष गरी हिन्दूलगायत अल्पङ्ख्यकहरूलाई लक्षित गरी हिंसा र अराजकताका धेरै घटनाहरू भएका थिएभने हसिना प्रशासन विरूद्ध हप्तौंदेखि चलेको प्रदर्शन र झडपमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

अगस्ट ८ मा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए । अन्तरिम सरकारले देशको आन्तरिक सुरक्षा सुनिश्चित गर्न सेनाको शक्ति विस्तार गरेको थियो ।

प्रकाशित समय : ०६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु