गृहपृष्ठ बाढी पीडितको सहयोगका लागि सिजी इलेक्ट्रोनिक्सको निशुल्क मर्मत सहायता
बाढी पीडितको सहयोगका लागि सिजी इलेक्ट्रोनिक्सको निशुल्क मर्मत सहायता
बाढीपहिरोबाट प्रभावित व्यक्तिहरुलाई सहयोगका लागि सिजी इलेक्ट्रोनिक्सले ‘सहायता सेवा’ नामक मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ।
यो कार्यक्रम अन्तर्गत बाढी र पहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधिभित्र रहेका उपकरणहरूको निशुल्क मर्मत सेवा प्रदान गरिनेछ।
सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका एलजी, सिजी, गोदरेज , टिसीएल, बेको, सेन्सेइ, माइडिया, क्रोमटन, केन्ट ब्रान्डमा लागु हुनेछ । यस अभियानमा १०० प्रतिशत निशुल्क सेवा शुल्क र निशुल्क स्पेयर पार्ट्स उपलब्ध हुनेछ।
साथै, ग्राहकहरूले आफ्ना क्षतिग्रस्त उपकरणहरू साटासाट गर्दा सर्वश्रेष्ठ मूल्याङ्कन पनि प्राप्त गर्न सक्नेछन्। यो सेवा ९ कात्तिकसम्म मान्य हुनेछ । र यस अवधिभित्र आफ्नो समस्या दर्ता गराएका सबै ग्राहकहरूलाई यो सुविधा उपलब्ध हुनेछ।
यो कार्यक्रमलाई कम्पनीले समुदायसँगको सहकार्यलाई प्रकट गर्ने एउटा प्रयासको रुपमा सार्वजनिक गरेको हो । जसले ग्राहकलाई कठिन परिस्थितिमा साथ दिने प्रतिबद्धता देखाउँछ।
यस पहल मार्फत कम्पनीहरूले प्राकृतिक प्रकोपको सामना गरेका व्यक्तिहरूलाई सहयोग पुर्याउन र पुनर्निर्माण प्रक्रियामा मद्दत पुर्याउने आशा राखिएको छ ।
प्रकाशित समय : ११:५२ बजे


















