global ime bank Long Banner Ad

गृहपृष्ठ विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

प्रतिपक्षी दहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् ।

नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए ।

उनले भने- ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।

बैठकमा नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गर्ने तयारी गरेको र सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको विषयमा समेत छलफल भएको बुझिएको छ ।

 

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु