global ime bank Long Banner Ad

गृहपृष्ठ न्यूजील्याण्डविरुद्ध भारत ४६ रनमा अल आउट

न्यूजील्याण्डविरुद्ध भारत ४६ रनमा अल आउट

न्यूजील्याण्डविरुद्ध भारत ४६ रनमा अल आउट

न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिंग कोल्याप्स भएको छ । बर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारत पहिलो इनिंगमा करबल ४६ रनमा अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारत ४६ रनमा अल आउट हुदै टेस्ट क्रिकेटको इतिहासमा अहिलेसम्मको तेस्रो कम टोटलमा अल आउट भएको छ । यस अघि भारत२०२० मा अस्ट्रेलियाविरुद्ध ३६ रनमा अल आउट भएको थियो भने १९७४ मा इङल्याण्डविरुद्ध ४२ रनमा अल आउट भएको थियो । यी दुवै टेस्टको तेस्रो इनिंगमा कम रन बनेको थियो भने पहिलो इनिंगमा कम रन बनेको यो नै पहिलो पटक हो ।

यस खेलमा ऋषव पन्तले सर्बाधिक २० रन बनाएका थिए भने यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र आर आश्विन शुन्यमा आउट भएका थिए । त्यस्तै कुलदीप यादव २, जसप्रित बुमराह १ र मोहमद सिराजले ४ रन बनाएका थिए ।

भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा न्यूजील्याण्डका म्याट हेनरीले ५ विकेट लिए भने विलियम पिटरले ४ विकेट तथा टिम साउथीले एक विकेट लिएका छन् ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु