global ime bank Long Banner Ad

गृहपृष्ठ लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको टिसर्ट सार्वजनिक

लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको टिसर्ट सार्वजनिक

लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको टिसर्ट सार्वजनिक

मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड-२०८१ ’ को तयारी तीव्र पारेको छ ।

लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’ सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, विशिष्ट अतिथि नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमाल र लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो ।

लक्की मिडिया हाउसले प्रचार सामाग्री सार्वजनिक गर्ने अभियान नै चलाएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले टिसर्ट मोफसल टुर कार्यक्रममा प्रयोग हुने बताए । मोफसल टुर देशका मुख्य शहरमा पुग्नेछ । नेपालका मुख्य शहरमा फिल्मी अवार्डको बारे जानकारी गराउने अभियान छिटै चल्नेसमेत उनले बताए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष काफ्लेले नेपाली कला, संस्कृतिको संरक्षण र प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो। मिडिया हाउसले मोफसलमा रहेर पनि राष्ट्रिय स्तरीयको अवार्ड कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका छन् ।

विशिष्ट अतिथि अभिनेत्री हमालले मोफसलमा पनि यति ठुलो अवार्ड हुनु आम कलाकारहरुको लागि गर्वको बिषय भएको बताउनु भयो ।यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिनु पर्नेमा  जोड दिईन् ।

टिसर्ट सार्वजनिक कार्यक्रममा बरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चितवन खबर पत्रिकाका प्रबन्धक निर्देशक कृष्ण कार्की, निर्देशक राजेश शर्मा आचार्य, समाजसेवी नारायण प्रसाद अधिकारी, युवा उधमी अन्तोष बमजन, सन्तबहादुर गुरुङ र केशव बहादुर रानाभाट लगायतको सहभागिता रहेको थियो । टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा।लिले गरेको थियो । विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु