गृहपृष्ठ राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल शनिबार बिहान २ बजेर १५ मिनेटमा स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका छन् । अन्तर-व्यवस्थापिका संघको १४९ औँ महासभामा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जान लागेका हुन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारी अनुसार ९ (नौ) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका हुन् । गिरीले दिएको जानकरी अनुसार असोज २७ देखि कार्तिक १ गतेसम्म कार्यक्रम अन्तर-व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुनेछ ।
अध्यक्ष दाहाल सँगै प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू सुनिता बराल र निशा डाँगी, राष्ट्रिय सभाका माननीय सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा समावेश छन् ।
प्रकाशित समय : १३:५९ बजे


















