global ime bank Long Banner Ad

गृहपृष्ठ सुनसरीको गलैँचा उद्योगमा आगलागीबाट ८० करोडभन्दा बढीको क्षति

सुनसरीको गलैँचा उद्योगमा आगलागीबाट ८० करोडभन्दा बढीको क्षति

सुनसरीको गलैँचा उद्योगमा आगलागीबाट ८० करोडभन्दा बढीको क्षति

सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट ८० करोडभन्दा बढीको क्षति भएको छ ।

धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्योगमा  बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो ।

उक्त आगो भने अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । “उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भइ आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएकोछ ।”

आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । पूर्णरुपमा अझ क्षतिको विवरण आइसकेको छैन ।

आगलागी सुरु भएसँगै बिराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयलगायतले आगो नियन्त्रण प्रयास गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्त तिमल्सिनाले बताए ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु