global ime bank Long Banner Ad

गृहपृष्ठ काँग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

काँग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

काँग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

नेपाली काँग्रेसले पार्टीका भ्रातृ संस्थाका महाधिवेशन निर्धारित सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याइ आवश्यक निर्देशनसमेत गर्न विभिन्न तीन समिति गठन गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ गतेको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले आज नेपाल महिला संघ नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन आगामी चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गरेका हुन् ।

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला रहेका छन् ।

त्यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय र सरिता प्रसाईँ र जीतजंग बस्नेत रहेका छन् । नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय राजीव ढुंगाना र प्रतिमा गौतम रहेको पार्टी कार्यालयले जनाएको छ ।

 

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु