global ime bank Long Banner Ad

गृहपृष्ठ कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिला मन्त्री कार्की

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिला मन्त्री कार्की

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिला मन्त्री कार्की

बुटवल । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत आज बसेको पाँचौँ बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले तय गरेका लक्ष्य र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गरे ।

उनले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने जानकारी दिँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने बताए । साथै कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवर्द्धन तथा उत्पादन विविधीकरणमार्फत रोजगारी र आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको स्पष्ट पारे।

बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरू बैजनाथ कलवार, दिल कुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मिना बुढा मगर, शान्ति लोध, मिना कुमारी श्रेष्ठ, मधुसुदन चौधरी, सुरुल पुन र बसन्ती न्यौपानेले बजेट प्रदेशवासीको हितमा हुनुपर्ने र कार्यान्वयन हुन नसक्ने क्षेत्रमा बजेट विनियोजन गर्न नहुनेमा जोड दिएका थिए। उनीहरूले विभिन्न जनजीविकासँग सम्बन्धित विषयतर्फ आकर्षित गराउँदै सरकारको ध्यानाकर्षण गराउँदै बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।

छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफल समाप्त भएको घोषणा गरेका थिए।प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ बजे बस्ने तय भएको छ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु