गृहपृष्ठ नेता-कार्यकर्तालाई निर्देशन दिँदै रविले भने- दु:खका बेला सरकारको विरोध गरेर हुँदैन
नेता-कार्यकर्तालाई निर्देशन दिँदै रविले भने- दु:खका बेला सरकारको विरोध गरेर हुँदैन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरूसँग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभई वास्तविक रुपमै पीडितलाई सहयोग गर्ने गरि उद्धार र राहतका काममा क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहेर नागरिकको सेवामा लाग्नुपर्ने उनको भनाइ छ ।
प्राकृतिक प्रकोपका घटना भइसकेपछि आफूले राज्यका निकायसँग जानकारी लिन खोज्दा विवरण नपाएको गुनासो उनले गरे ।
प्रतिपक्षीमा बसेर सरकारको विरोध गर्ने मात्रै नभई दु:खको अवस्थामा सरकारलाई सघाउने काम सबैको भएको धारणा उनले राखे ।
लामिछानले रास्वपाले गर्ने कामले तीनै तहको सरकारको सहयोगी भएर नागरिकको घर सडकमा जाने जिकिर गरेका छन् ।
उनले चाडपर्वका बेला नागरिकलाई कुनै किसिमको समस्या हुन नदिन नागरिकलाई महसुस हुने गरि पार्टीले काम गर्ने बताए ।
प्रकाशित समय : १९:०५ बजे