काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह

1.69K
shares

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघिको परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन् ।

बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उनले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याए।

बाढीपहिरोबाट लाखौँ जनताका अर्बौँ मूल्य बराबरको क्षति भएको उल्लेख गर्दैै अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राख्न । दसैँका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्याउन पनि उनले सबैसँग अपिल गरे ।