गृहपृष्ठ नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

संबिधान दिबसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति द्धारा आज पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संबिधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै बिरोध गरेको छ । बर्तमान समयमा देशको बिग्रदो राजनितिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संबिधान २०७२ ले सम्बोधन गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागिले बिरोध जनाएका थिए ।

उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष रमेश कुमार सि.केले यो राज्य व्यवस्था एकल जातिय र बर्गीय रहेकोले दलित ,जनजाती,मधेशी,मुस्लिम,महिला,अल्पसंख्यकहरुलाई यो संबिधानले सम्बोधन गर्न नसकेकोले संशोधन गर्नुपर्ने बताए ।

सो अवसरमा ज.स.पा.नेपालका केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय समितिका उपाध्यक्ष मन बहादुर गुरुङले नाताबाद र फरियाबादले देश खोक्रो बनाएको नेपालीको टाउकोमा दिनानुदिन ऋण थपिदै गएकाले संबिधान अपुरोअधुरो भएको बताए ।त्यस्तै ज.स.पा नेपालका केन्द्रिय सदस्य हर्क बहादुर गुरुङले राज्यको पनः संरचना गर्नुपर्ने साथै प्रदेश सरकारलाई स्वायक्त बनाउनुुपर्नेमा जोड दिए । केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष मधुकर न्यौपानेको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रम गण्डकी प्रदेश समिति सदस्य रामजुलुम शर्माले संचालन गरेका थिए ।

 

प्रकाशित समय : १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु