काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

2K
shares

एन्फा महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा दोस्रो चरणअन्तर्गत आज दुई खेल हुने भएको हो ।

खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अपराह्न सवा ४ बजे हुने अर्को खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेश भिड्नेछन् ।

यसअघि बुधबार भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको थियो । एन्फा कम्प्लेक्समै भएको खेलमा आर्मीले संकटा फुटबल क्लबमाथि ४–० गोलको फराकिलो जित निकालेको हो ।