global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने योजना छ : मन्त्री भट्टराई

माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने योजना छ : मन्त्री भट्टराई

माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने योजना छ : मन्त्री भट्टराई
 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताएकी छिन् ।
राष्ट्रिय शिक्षा दिवस–२०८१ मूल समारोह समितिको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उनले सो व्यवस्था कार्यान्वयनका लागि शिक्षासम्बन्धी ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन र समयानुकूल परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन ।
मन्त्री भट्टराईले दिवसलाई आआफ्नो तहबाट सप्ताहव्यापी कार्यक्रम तय गरी मनाउन अनुरोध गरे । यसैगरी उनले प्रदेशस्तरमा शिक्षा दिवसका कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्न प्रदेश सरकार, मुख्यमन्त्रीको कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अनुरोध गरी पठाउने र प्रदेशका शिक्षा हेर्ने मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्राचार गर्ने बताए ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु