global ime bank Long Banner Ad

गृहपृष्ठ सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात

सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात

सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात

सिन्धुलीको  गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटना भएको स्थान नजिकै उक्त गाडी भेटिएको छ । गाडीसँगै बेपत्ता भएका तीन जना यात्रुलाई फेला पार्न नसकिएको जानकारी दिए । उक्त गाडी अहिले पानीबाट निकाल्ने प्रयास भइरहेको छ ।

पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका थिए। गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् । जीप अबिन बाकेले चलाएका थिए ।

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु