global ime bank Long Banner Ad

गृहपृष्ठ अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

अफगानिस्तानमा तालिबान सरकारले १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित भएका संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले जनाएको हो ।

यो सङ्ख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएपछि तालिबानले इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो ।

युनेस्कोको प्रतिवेदन अनुसार अफगानिस्तानमा महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने झण्डै २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन् । यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्ने खबरमा उल्लेख छ ।

तालिवान सरकारले पुरुषको शिक्षामा रोक लगाएको छैन । तर महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै सङ्केत र तयारी नभएको एएफपीले जनाएको छ ।

 

प्रकाशित समय : ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु