global ime bank Long Banner Ad

गृहपृष्ठ ‘बेइजिङ प्लस ३०’ को राष्ट्रिय महिला सम्मेलन आज

‘बेइजिङ प्लस ३०’ को राष्ट्रिय महिला सम्मेलन आज

‘बेइजिङ प्लस ३०’ को राष्ट्रिय महिला सम्मेलन आज

‘बेइजिङ प्लस ३०’ को विश्वव्यापी समीक्षा भइरहेको बेला नेपालका तर्फबाट समीक्षा प्रतिवेदन तयार गर्ने उद्देश्यले आज ललितपुरमा राष्ट्रिय सम्मेलन हुँदैछ । महिलाको नेतृत्वमा सञ्चालित गैरसरकारी संस्थाको राष्ट्रिय महिला सञ्जाल संस्था बियोन्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले सम्मेलन गर्न लागेको हो ।

सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो विश्व महिला सम्मेलनले महिलाको मानव अधिकार, महिला र बालिकाको सशक्तिकरणसँग सम्बन्धित बेइजिङ घोषणा र कार्यमञ्चले १२ वटा सरोकारका सवालहरू पारित गरेको थियो ।

जसमा महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिला विरुद्ध हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र, शक्ति र निर्णयमा महिला, महिला विकासको लागि संस्थागत संयन्त्रहरू, महिलाको मानव अधिकार, महिला र सञ्चार, महिला र वातावरण तथा बालिका रहेका छन् ।

यस वर्ष जलवायु परिवर्तन र महिला ज्येष्ठ नागरिक गरी थप दुई वटा विषय थपिएका छन् । आज हुने सम्मेलनमा थपिएका दुईसहित यी १४ वटा सवालमा छुट्टाछुट्टै सत्र सञ्चालन हुने बीबीसी नेपालकी अध्यक्ष कृष्णकुमारी वाइबाले जानकारी दिनुभयो ।

विगत पाँच वर्षमा नेपालमा सरकारी, गैरसरकारी र निजी क्षेत्रले महिलाका सवालमा गरेका कार्यक्रमहरूको समीक्षा गर्दै नागरिक समाजको समानान्तर प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसङ्घमा नागरिक समाजको तर्फबाट पेस गर्न ‘काठमाण्डौ घोषणापत्र’ जारी गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनमा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, युवा, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदाय, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, क्षेत्रका विज्ञहरू, पेशाकर्मीहरू, महिला मानवअधिकारकर्मी लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

 

प्रकाशित समय : ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु