काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चर्च ब्वाइजलाई हराउदै पारो समुह चरणमा

4.79K
shares

भुटानको पारो एफसीले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लबलाई परजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरको दशरथ रंगशालामा ९ हजारभन्दा धेरै घरेलु समर्थकमाझ चर्च ब्वाइज पारोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

वर्षाका कारण हिलाम्य भएको मैदानमा लाकेन लिम्बुले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । अर्को मिनेटमा नै पारोले बराबरी गोल फर्कायो । गोलकिपर दिप कार्कीले नियन्त्रणमा लिन नसकेपछि किंगाले गोल गर्दै खेल एक(एक को बराबरी गरेका थिए । तर चर्च ब्वाइजले बराबरी पनि जोगाउन सकेन । पारोले दोस्रो हाफमा गोल गर्यो । विलियमले गोल गरेसँगै बनाएको २(१ को अग्रता जोगाउँदै भुटानले जित दर्ता गरेको हो ।

यो जितसँगै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ । गत वर्ष भएको एएफसी कपको छनोट चरणमा पनि पारोले चर्च ब्वाइजसँग खेलेको थियो । त्यो खेलमा भने चर्च ब्वाइज विजयी भएको थियो ।