गृहपृष्ठ पूर्वाधार विकास समितिका सभापति सिंहद्वारा एक वर्षको पारिश्रमिक डा सन्दुक रुइतलाई हस्तान्तरण

पूर्वाधार विकास समितिका सभापति सिंहद्वारा एक वर्षको पारिश्रमिक डा सन्दुक रुइतलाई हस्तान्तरण

पूर्वाधार विकास समितिका सभापति सिंहद्वारा एक वर्षको पारिश्रमिक डा सन्दुक रुइतलाई हस्तान्तरण

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले आफ्नो एक वर्षको पारिश्रमिक रकम तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान, काठमाडौँलाई प्रदान गरे ।

आज हेटौँडामा आयोजित एक कार्यक्रमबीच उनले एक वर्षको पारिश्रमिकमा केही रकम थपेर रु नौ लाख ९९ हजार ९९ को चेक प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रुइतलाई हस्तान्तरण गरे ।

त्यस अवसरमा मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले निर्वाचनको बेला आफूले पाउने आर्थिक सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक सङ्घ संस्थाको विकासमा सहयोग गर्ने उद्घोष गरिएअनुसार रकम हस्तान्तरण गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । समाजमा रहेका विपन्न, सीमान्तकृत आदिवासी जनजाति, दलितको स्वास्थ्य उपचार गर्ने काममा चिकित्सकले मानवीयताको भावना राखेर छिटोछरितो उपचार सेवालाई प्रभावकारी बनाइदिन उनले आग्रह गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइतले सातै प्रदेशका विपन्न, सीमान्तकृत समुदायका नागरिकको आँखाको शल्यक्रिया र उपचार गरी नयाँ जीवन प्रदान गर्न हेटौँडा उपमहानगरपालिका–३ बसामाडीमा आँखाको लेन्स उत्पादन गर्ने कार्यका लागि अहिले भवन निर्माण भइरहेको र सोही प्रयोजनका लागि सांसद सिंहबाट प्राप्त रकमलाई सदुपयोग गर्ने बताए ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु