गृहपृष्ठ मोबाइल बैकिङ कारोबार शुल्क बढ्यो, कति बढ्यो ?
मोबाइल बैकिङ कारोबार शुल्क बढ्यो, कति बढ्यो ?
मोबाइल बैकिङ कारोबार शुल्क बढेको छ । सरकारले डिजिटल भुक्तानीमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाइदिए पछि बैंकहरुले पनि मोबाइल बैकिङ कारोबारको शुल्क बढाएका छन् । अहिले बैंकहरुले ११.३० रुपैयाँ लिन थालेपछि मोबाइल बैकिङ प्रयोगकर्ताहरु मारमा परेका छन् ।
केन्द्रिय बैंकका प्रवक्ता रामु पौडेल सरकारले आर्थिक विधेयक मार्फत डिजिटल भुक्तानीलाई भ्याटको दायरामा ल्याएकाले बैंकहरुले कारोबारमा भ्याट जोड्न सुरु गरेको हुनसक्ने बताए । यद्यपि केन्द्रिय बैंकले शुल्क बढाउँनेबारे कुनै पनि सर्कुलर जारी नगरेको पौडेलले बताए ।
सामान्यतया बैकिङ प्रणालीमा कुनै पनि सेवाको शुल्क निर्धारण गर्दै आएको केन्द्रिय बैंकले सरकारको आर्थिक ऐननै मुख्य भएकाले सर्कुलर जारी गर्नुपर्ने अवस्था नरहेको पौडेलले बताए ।
प्रकाशित समय : १८:०० बजे



















