कांग्रेसका पूर्णबहादुर, रुपा र नाउपाका अरुण राज्यमन्त्री
वि.सं.२०८१ साउन १८ शुक्रवार १३:४२
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का गरी तीनजनालाई राजयमन्त्री नियुक्त गरेका हुन्।
कांंग्रेसका सांसद कान्छाराम तामाङ (पूर्णबहादुर) ऊर्जा राज्यमन्त्री, कांग्रेसकै रुपा विक वन राज्यमन्त्री तथा नाउपाका सांसद अरुणकुमार चौधरीलाई पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका हुन्।
ओली नेतृत्वको संघीय सरकारमा यसअघि नै २२ सदस्य छन्। अब भने २५ भएको छ। संविधानमा २५ सदस्यसम्मको मन्त्रिपरिषद् बन्ने व्यवस्था छ।
























