काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज काठमाडौंसहित २७ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

3.74K
shares

बाढी पुर्वानुमान महाशाखाले आज सिन्धुपाल्चोक, काठमाडौँसहित देशका २७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव बढ्ने सम्भावना छ ।

त्यस्तै उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव बढ्ने महाशखाको अनुमान छ ।

महाशाखाले बुलेटिन जारी गर्दै ती जिल्ला भइ बग्ने साना तथा ठूला नदीमा आकस्मिक बाढी आउने भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अुनरोध गरेको छ ।