काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

2.57K
shares

राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरेको छ

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो । एनआरटीले चार खेलबाट नौ अङ्क जोडेको छ । समान अङ्क भए पनि मनाङ मर्याङ्दी क्लब गोल सङ्ख्याका आधारमा शीर्ष स्थानमा छ ।

एपिएफको भने यो पहिलो हार हो । यो टोलीले चार खेलमा दुई जित, एक बराबरी र एक हारसहित सात अङ्क जोडेको छ । एपिएफ अङ्क तालिकाको चौथो स्थानमा छ । एनआरटीको जितमा सन्तोष गोम्बाले गरेको एक गोल नै निर्णायक सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेको थिए ।