global ime bank Long Banner Ad

गृहपृष्ठ चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ को उद्धार, ७६ जनावर मरे

चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ को उद्धार, ७६ जनावर मरे

चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ को उद्धार, ७६ जनावर मरे

 

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए । यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँच वटा हात्ती र जरायो चार वटा प्राकृतिक कारणले मरेका छन् ।

 

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु