गृहपृष्ठ बागमतीमा नयाँ सरकार गठन गर्न आह्वान
बागमतीमा नयाँ सरकार गठन गर्न आह्वान
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल थालिएको हो ।
प्रदेश प्रमुखले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेल उनैलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
प्रकाशित समय : १७:२३ बजे


















