global ime bank Long Banner Ad

गृहपृष्ठ रोहित चन्दले गरे लगातार तेस्रो सिजन इन्डोनेसियन क्लब पेर्सिकसँग सम्झौता

रोहित चन्दले गरे लगातार तेस्रो सिजन इन्डोनेसियन क्लब पेर्सिकसँग सम्झौता

रोहित चन्दले गरे लगातार तेस्रो सिजन इन्डोनेसियन क्लब पेर्सिकसँग सम्झौता

 

रोहित चन्दले इन्डोनेसियन क्लब पेर्सिक केडिरीबाट लगातार तेस्रो सिजन खेल्ने भएका छन् । इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिकले रोहितसँग तेस्रो सिजनको लागि पनि सम्झौता भएको हो ।

पछिल्लो दुई सिजनमा उनले पेर्सिकका लागि ५६ खेलमा ३ गोल गरेका छन् । यो सिजनको इन्डोनेसियन लिगा वान अगस्ट दोस्रो हप्तादेखि शुरु हुँदैछ । त्यस अघि रोहित सन् २०१३ मा अर्को इन्डोनेसियन क्लब पेर्सिजा जाकर्तासँग आबद्ध भएका थिए । उनले पेर्सिजाबाट १४९ खेलमा १३ गोल गरे ।

सन् २०१० देखि २०१२ सम्म भारतको आइ लिग क्लब हलबाट खेलेका उनी २०१२ मा इन्डोनेसियन क्लब पेकानबारुमा आबद्ध भएका थिए । नेपाली राष्ट्रिय टोलीमा सन् २००९ डेब्यू गरेका उनले ९२ खेल खेलिसकेका छन् ।

प्रकाशित समय : ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु