nmb bank

गृहपृष्ठ १ हजार २९० प्रकारका औषधिको शुल्क निर्धारण

१ हजार २९० प्रकारका औषधिको शुल्क निर्धारण

१ हजार २९० प्रकारका औषधिको शुल्क निर्धारण

स्वास्थ्य बिमा बोर्डले बिमामार्फत दिँदै आएको एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क निर्धारण गरेको छ ।

बोर्डले बिमामा रहेको सुविधा थैलीका सेवा सुविधाको परिमार्जित गर्दै नयाँ दर सार्वजनिक गरेको हो ।

परिमार्जित गरिएको दररेटमा ओपिडी टिकट ५० रुपैयाँ, जनरल बेडचार्ज प्रतिदिन दुई सय ५०, शल्यक्रियामा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको हो ।

यसबाहेक, कतिपय सेवाहरू तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएकोसमेत बोर्डले जनाएको हो ।

नयाँ दररेट साउन १ गतेदेखि लागू गरिने बताइएको छ ।

 

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु