nmb bank

गृहपृष्ठ युवा केन्द्रीत सेमिनार पीस एम्बेसी भवनमा हुने

युवा केन्द्रीत सेमिनार पीस एम्बेसी भवनमा हुने

युवा केन्द्रीत सेमिनार पीस एम्बेसी भवनमा हुने

राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने युवा केन्द्रीत तीन दिवसीय सेमिनार हुने भएको छ ।

बिश्व शान्ति तथा एकिकृत परिवारसंघको आयोजनामा यहि असार २७ देखि २९ गते सम्म सेमिनारको आयोजना हुन् लागेको हो । सेमिनारमा नेतृत्व विकास, चरित्र निर्माण, ब्यत्तित्व विकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध व्यवस्थापन तथा आर्थिक विकासका बारेमा छलफल हुने छ ।

काठमाडौं महानगरपालिका वडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्र निर्माण सम्भव छ जब! सबै युवाहरु राष्ट्रको विकासमा संलग्न हुन्छन् । राष्ट्र विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु-याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।
सेमिनारमा अन्तर्राष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संधिय सासद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ । सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उत्यकाका १६ देखि ४० बर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु