काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यी स्टार्टअपले पाए दुई करोड बढी सहुलियत कर्जा

2.83K
shares

सरकारले स्टार्टअप कम्पनीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ फर्म तथा कम्पनीलाई कर्जाका निम्ति सिफारिस गरेको थियो । ती कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा उपलब्ध भइरहेको छ ।

प्रतिष्ठानले गएको जेठ २९ गते सिफारिसमा परेका स्टार्टअपलाई वाणिज्य बैंकको नजिकका शाखामा सम्पर्क गर्न भनेको थियो । तीमध्ये हालसम्म ६० भन्दा बढी स्टार्टअपले पहिलो किस्तामा दुई करोड रुपैयाँभन्दा बढी कर्जा पाइसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार, आवश्यक प्रक्रिया पूरा गरेर सबै स्टार्टअपले कर्जा पाउनेछन् ।

पाँच लाख रुपैयाँसम्मको कर्जा एक किस्तामा, १५ लाखसम्मको दुई र २५ लाखसम्मको कर्जा तीन किस्तामा उपलब्ध गराइनेछ ।

तीन प्रतिशत ब्याजदरमा पाइने यो कर्जा दुई वर्षभित्र तिर्न सुरु गरिसक्नुपर्नेछ । पाँच वर्षभित्र सबै कर्जा भुक्तानी गर्नुपर्नेछ ।

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रुपैयाँ छुट्ट्याएको थियो । त्यसको करिब २५ प्रतिशत कर्जा सुरक्षण कोषमा राखिएको छ । बाँकी १९ करोड ४० लाख रुपैयाँ कम्पनीहरूले ऋण पाउनेछन् ।