काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी शाहविरुद्ध भ्रष्टाचार मुद्दा

2.93K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप(पत्र दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहले भारतको उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद बोर्डबाट हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकी हुन् ।

उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक ९चौथो० पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै मुद्दा दायर गरिएको हो ।