global ime bank Long Banner Ad

गृहपृष्ठ बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त

बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त

बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त

विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठुलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू-व्यवसायीहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई हार्दिक अपिल गरेको छ ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु