global ime bank Long Banner Ad

गृहपृष्ठ राप्ती नदीको बाढीले तटीय क्षेत्र उच्च जोखिममा

राप्ती नदीको बाढीले तटीय क्षेत्र उच्च जोखिममा

राप्ती नदीको बाढीले तटीय क्षेत्र उच्च जोखिममा
लगातारको वर्षासँगै बाँकेको राप्ती नदीमा आएको बाढीले तटीय क्षेत्र जोखिममा परेका छन । नदीको सतह बढेपछि तटीय क्षेत्रका अधिकांश घरहरू डुबानमा परेका छन् ।
शनिबार जोखिममा रहेका एक सय ३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुडुवा गाउँपालिका–१ पाझा र चौफेरीका बालबालिका, जेष्ठ नागरिक, महिलाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
वर्षा निरन्तर भइरहेकोले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रजिअ रिजालका अनुसार डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्र्मी तैनाथ गरिएका छन् ।
शनिबार बाँकेको राप्ती नदीले खतराको तह पार गरी राप्ती नदी कुसुमको जलमापन केन्द्रमा पानीको सतह आठ दशमलव १० मिटर मापन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए । उनका अनुसार आज विहान ७ बजे पानीको सतह घटेको छ ।
नदी तटीय क्षेत्रका बासिन्दालाई ‘एसएमएस’मार्फत सतर्क रहन सूचित गरिएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु