global ime bank Long Banner Ad

गृहपृष्ठ निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई कानुनी व्यवस्थासहित विद्युत् व्यापारमा संलग्न गराउन लागिएको बताएका छन् ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइका सम्बन्धमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा मन्त्री बस्नेतले कानुनी व्यवस्था गरेर सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिका लागि आवश्यक व्यवस्था गर्न लागिएको जानकारी दिए ।

विद्युत् उत्पादनका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षमा निर्माणाधीन जलविद्युत् आयोजना सम्पन्न भई करिब ९०० मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा थपिने उनले जानकारी दिए ।विद्युत् खरिद सम्झौता भई करिब चार हजार नौ सय मेगावाट क्षमताका आयोजना हाल निर्माणको विभिन्न चरणमा छन् । त्यसैगरी अध्ययन सम्पन्न भई करिब १० हजार मेगावाट क्षमताका विद्युत् आयोजना विद्युत् खरिद सम्झौताको प्रक्रियामा रहेको उनको भनाइ छ ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु