global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक तथा वित्तीय संस्थालाई पूँजी वृद्धिको बाटो खुल्यो, यस्तो छ प्रावधान

बैंक तथा वित्तीय संस्थालाई पूँजी वृद्धिको बाटो खुल्यो, यस्तो छ प्रावधान

बैंक तथा वित्तीय संस्थालाई पूँजी वृद्धिको बाटो खुल्यो, यस्तो छ प्रावधान

बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजी वृद्धिका लागि बाटो खुलेको छ। नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन–क्यूमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्नसक्ने व्यवस्था लागु गरेसँगै प्राथमिक पुँजी वृद्धि गर्न बाटो खुलेको हो।

यो संस्थागत लगानीकर्ताहरूका लागि मात्रै हो। यद्यपी यस व्यवस्थाले बैंकहरूको व्यवसाय बढाउन सजिलो बनाएको बैंकरहरू बताउँछन्। सो व्यवस्थाले बैंकहरूलाई वैकल्पिक पुँजीको आधार सृजना गर्ने भएको छ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार एकीकृत निर्देशन, २०८० थप्दै यो व्यवस्था थपेको हो। केन्द्रीय बैंकले इ.प्रा. निर्देशन नं. १६/०८० मा बुँदा नं ७ थप गरी क्रमसंख्या मिलान गरेको छ। हाल यो व्यवस्था थिएन। स्थायी प्राथमिकता शेयर जारी गर्ने प्रावधान थपेकोमा नबिल बैंकका ढेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक सञ्चालमा भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थाहरूको व्यवसाय वृद्धिमा बाधा परेको पुँजी टियर १ पुँजीलाई समर्थन गर्न यो व्यवस्थाले सहज बनाउछ।’ तर उक्त सेयर खरिद व्यक्तिका लागि हुँदैन।

अब बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताको आधारमा तोकिएको शर्तहरूको अधिनमा रही अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिन सक्नेछन्। तर अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन। उक्त निर्देशनअनुसार यो संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ। ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्नेछ। साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ। अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्नेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकारसम्बन्धीत इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थालेविवरणपत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ। साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ,’ जारी निर्देशनमा उल्लेख छ। यो सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ। यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन।

यो सेयर मार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धी पनि प्रावधान छ। जस्मा भनिएको छ, ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ।

यसरी परिणत गर्नुपूर्व यस बैंकको स्वीकृति लिनुपर्नेछ।’ यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशत भन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ।

यो सेयरलाई संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्नेछ। यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि, सुत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ। यो सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई सार्वजनिक गर्नुपर्नेछ। जस्मा यो सेयरमा लगानी गर्ने लगानीकर्ताबाट तोकिएको व्यवस्था समेत समावेश गरी लिखित सहमति लिनुपर्नेछ विवरणपत्रमा उल्लिखित सम्पूर्ण व्यवस्था तथा शर्त पढेको र बुझेको, लगानीकर्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको हुनुपर्छ। संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजी उपकरणहरू, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुने छ। केन्द्रीय बैंकलेयो सेयर स्वीकृति दिँदा आवश्यकता अनुसार अन्य थप शर्तहरू तोक्न सक्नेछ। यो सेयर तोकिएको संस्थाको हकमा मात्र लागु हुनेछ।

नेपाल राष्ट्र बैंकले पूँजी पर्याप्ततालाई सघाउन डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने प्रावधानलाई खुकुलो बनाएको छ। केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार एकीकृत निर्देशन, २०८० शंशोधन गर्दै डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने प्रावधानलाई खुकुलो बनाएको हो।

‘अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर-अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेश गर्नु पर्नेछ। त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक शर्त तोकी डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ।’शंशोधित व्यवस्थामा उल्लेख छ।

संस्थाले निष्काशन गरेको सेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर भनिन्छ। अग्राधिकार सेयरमा सेयरपुँजि तथा ऋण दुबैंको मिश्रीत विशेषता हुने गर्छ।

अग्राधिकार सेयर निष्काशन गर्दा कम्पनी ऐन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरी गर्नु पर्ने हुन्छ भने यो समूहको सेयरहरूले साधारण सेयरधनीहरू भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर घाटा हुँदैन दिँदैन र नाफा हुदा मात्रै लाभांशका रूपमा बैंक तथा वित्तीय संसथाले दिन्छ। डिवेञ्चरमा लगानीकर्ताले ब्याजदर जस्तो कुपन रेट हुन्छ। अग्राधिकार सेयरमा लाभांश जस्तै लाभांश दर हुन्छ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांशको दर पहिल्यै निश्चित रूपमा तोकेको हुन्छ र नाफा मात्रै हुँदा बाँड्ने शर्त राखेको हुन्छ। यो संस्थागतले मात्रै किन्न पाउँछन्। यो सेयरमा दीर्घकालीन रूपमा निश्चित प्रतिफल आउँछ भनेर संस्थागत लगानीकर्ताहरूले लगानी गर्ने गर्छन्।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु